अपडेट 
२०८१ बैशाख ९, आईतवार ०६:५३

माओवादी केन्द्रबाट अलग भएका नेता एवं पूर्व संविधान सभासद रामकुमार शर्मा आइतवार जनता समाजवादी पार्टी(जसपा)मा प्रवेश गर्न लागेका छन् ।

माओवादीमा काम गर्ने अवसर प्राप्त नभएको बताउँदै पार्टी परित्याग गरेका शर्मालाई जसपामा भित्र्याउन उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका अध्यक्ष उपेन्द्र यादव शनिवार जनकपुरधाम आएका छन् ।

जसपाका राजनीतिक समिति सदस्य समेत रहेका पूर्व मन्त्री हरिनारायण यादवले महाधिवेशन तयारीको विषयमा दिनभरि नै बैठक भएको बताएका छन् ।आइतवार महोत्तरी जिल्ला समन्वय समितिको सभाकक्षमा मध्यान्ह सवा १२ बजे शर्माको नेतृत्वमा माओवादी केन्द्रिय सदस्य इन्दू शर्मा लगायतका नेताहरु प्रवेश गर्ने कार्यक्रम रहेको उनले बताएका छन् । शर्मा दम्पत्ती सांसद रहिसकेका छन् ।

महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट राजनीति गर्ने शर्माको प्रवेशले जसपा सुदृढ हुने बताइएको छ ।लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का अध्यक्ष महन्थ ठाकुर निर्वाचित रहेको सो क्षेत्रमा कमै मतले जसपाका उम्मेदवार हरिनारायण यादव पराजित भएका हुन् ।

Comment


Related News

Latest News

Trending News