अपडेट 
२०८१ बैशाख ९, आईतवार ०७:०२

सर्लाहीको मलंगवा वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा शनिवारबाट दैनिक ७ घण्टा बत्ती काट्न सुरु गरिएको छ ।

नवलपुर–मलंगवा ३३ केभी लाइनको पुरानो तार हटाई नयाँ तार जडानका लागि शनिवारदेखि आगामी २२ गतेसम्मका लागि बिहान ७ बजेबाट दिउँसो २ बजेसम्म बत्ती काट्न सुरु गरिएको छ । चर्को गर्मीमा यसरी घण्टौँ बत्ती काटिँदा स्थानीय प्रभावित बनेका छन् ।

मलंगवा वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा यसअघि पनि प्रशारण लाइन निर्माण तथा तार फेर्न भन्दै हप्तौँसम्म दिनभर बत्ती काट्न गरिएको थियो । विद्युत् प्रवाहमा अन्य वितरण केन्द्र भन्दा मलंगवा वितरण केन्द्रमै बढी समस्या छ । अन्य क्षेत्रको तुलनामा मलंगवा वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा बढी लापरवाही रहेको ग्राहकहरुले गुनासो गर्ने गरेका छन् ।

Comment


Related News

Latest News

Trending News