
राष्ट्रिय ट्रमा प्रतिष्ठान काठमाण्डुका निर्देशक डा.प्रमोद कुमार यादवलाई शनिवार सम्मान गरिएको छ ।
डा.यादव तेस्रो पटक ट्रमा प्रतिष्ठानका निर्देशकमा नियुक्त भएका हुन ।उनलाई यदुवंशी समाज इमाडोलले सम्मान गरेको छ । डा.यादव प्रादेशिक अस्पतालको प्रमुखको रुपमा पनि केहि वर्ष काम गरिसकेका छन् ।उनलाई स्वास्थ्य मन्त्रालयले ट्रमा प्रतिष्ठानको नेतृत् वगर्ने जिम्मेवारी दिएको छ ।
यदुवंशी समाजका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ई.दशरथ यादव, उपाध्यक्ष सुरेन्द्र नारायण यादव, महासचिव जिवछ यादव, सचिव ई.उपेन्द्र यादव, कोषाध्यक्ष ई.ईन्द्रदेव यादव, सदस्यहरु मनोज कुमार यादव, सञ्जिव कुमार यादव, सुधाशुं कुमार यादव, जगदेव यादव, ई.भगु यादव, राम प्रसाद राय यादव , श्रीमती बोबिता कुमारी, ई.नन्दकिसोर यादव , निरज कुमार यादव लगायतका सहभागिता रहेको थियो । यदुवंशी समाजले आपसी सहयोग, सदभाव र सामुहिक हितका लागि काम गर्छन् ।