अपडेट 
२०८१ बैशाख १०, सोमबार ०७:५९

सी एम सी नेपालले, मधेश प्रदेशमा बालबालिकाहरुको मानसीक स्वास्थ्य प्रवद्र्धन कार्यक्रम अन्तर्गत धनुषा जिल्लाको बाल सञ्जाल संग छलफल अन्तरकृया गरेको छ । आईतबार जनकपुरधाममा आयोजित अन्तरकृया कार्यक्रममा जिल्लाका विभिन्न पालिकाहरुका २१ जना बालबालिकाहरुसंग बालअधिकार, बालश्रम, बालबालिकाको भावनात्मक व्यवहारिक समस्याहरुको बारेमा समस्या र समाधानबारे छलफल गरेको छ ।

कार्यक्रममा बालअधिकारको क्षेत्र, बाल संरक्षण, बालबालिकाविरुद्ध हुने हिंसा, अलपत्र अवस्थामा रहेका बालबालिकाको समस्या सम्बोधन कसरी गर्ने बारे बालबालिकाहरुलाई जानकारी गराईको प्रसिक्षक एवम राष्ट्र बालअधिकार परिषदका संजिव महतोले बताए ।

साथै निकट भविष्यमा धनौजि गाउँपालिका, लहान नगरपालिका, धनमढिमाइ नगरपालिकाका ५० वटा विद्यालयका विद्यार्थीहरुलाई बाल क्लब गठन गर्ने, बाल बालिको अधिकारलगायतबारे अन्तरक्रिया तथा छलफल गर्ने सी एम सी नेपालका परियोजना संयोजक अनिरुद्ध मुखियाले जानकारी दिए ।

सी एम सी नेपालले बालबालिकाको अधिकार र बाल क्लब गठन सम्बन्धि विगत लामो समयदेखि काम गर्दै आएको छ ।

Comment


Related News

Latest News

Trending News