२०८१ बैशाख १०, सोमबार १२:४८

सुनचाँदीको मूल्य आज घटेको छ ।

हिजो तोलाको एक लाख ३९ हजार तीन सय रुपैयाँ यथावत् रहेको सुनको भाउ आज तोलामा एक हजार एक सय रुपैयाँले घटेर एक लाख ३८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको शुक्रवार सुनको भाउ तोलाको एक लाख ३९ हजार तीन सय रुपैयाँ पुगेर रेकर्ड बनाएको थियो । आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला एक हजार सात सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment

Related News

Latest News

Trending News