अपडेट 
२०८१ बैशाख १०, सोमबार १९:१९

सप्तरीमा पोखरीमा डुबेर आज साेमवार एक जना बालकको ज्यान गएको छ ।

कञ्चनरुप नगरपालिका–८ भगवती मन्दिरमा रहेको पोखरीमा डुबेर वडा नम्बर ९ का विक्रम रामको सात वर्षीय छोरा विशालकाे ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । खेल्ने क्रममा विशाल राम पोखरीमा खसेका आफन्तले बताएका छन् ।

मृतक बालक भगवती राष्ट्रिय प्राथमिक विद्यालयकाे कक्षा २ मा अध्यनरत थिए । मृतक बालकको शोकमा आज विद्यालयमा बिदा दिएकाे प्रधानाध्यापक रिना भट्टराई आचार्यले बताउनुभयाे ।

Comment


Related News

Latest News

Trending News