अपडेट 
२०८१ बैशाख ११, मंगलवार ०६:२३

छोराको हत्या भएको महिनौ वितिसक्दा पनि हत्याराहरु उपर प्रहरी प्रशासनद्वारा कुनै कारयवाही नभएपछि पीडित आमाबुवाले सञ्चारकर्मीहरु समक्ष न्यायको लागि गुहार लगाएका छन् ।

कौडेना गाउँपालिका–५ घरभई हाल हरिपुर्वा नगरपालिका–९ मिरचइया टोल बस्ने शिवजी रायका १८ बर्षीय छोरा ललन यादवको हत्या भएको लामो समय बितिसक्दा पनि न्याय नपाएको पीडित परिवारले पत्रकारहरुसँग गुनासो गरे । २०७९ साल माघ ११ गते श्रीपञ्चमीका दिन हरिपुर्वा नपा बसन्तपुर स्थित माइतीमा बस्दै आएकी मनतोरिया देवीले छोरा मृतक ललन यादवलाई सोही गाउँ बस्ने किशुन देव रायको छोरा संजय यादवले साँझको समयमा काम गराउन भनी घरबाट लगेर सोही गाउँका अजय यादव, राम प्रताप यादवसँग मिलेर हत्या गरेको आरोप लगाए ।

वैदेशिक रोजगारीमा रहेका मृतकका वुवा तुरुन्त घर फर्की घटनाको विषयमा जाहेरी दर्ता गराउन इलाका प्रहरी कार्यालय केशरगंजमा जाँदा जाहेरी लिन नमानेपछि सदरमुकाम मलंगवामा रहेको जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा गएको तर त्यहाँ पनि कुनै सुनुवाइ नभए पछि बाध्य भएर इप्रका केशरगंजलाई हुलाक मार्फत जाहेरी पठाएको पीडित मनतोरिया देवीले बताइन ।

जाहेरी पठाए पनि कुनै कारवाही अगाडि नबढेपछि उच्च अदालत जनकपुरबाट परमादेश जारी गराएर ल्याएको तर प्रहरीले सो आदेशको समेत पालना नगरि कानमा तेल हालेर बसेपछि बाध्य भएर न्यायको लागि पत्रकारहरुलाई गुहारेको उनले दुखेसो पोखिन ।

उच्च अदालतले इप्रका केशरगंजको नाममा पीडितको जाहेरी दर्खास्त दर्ता गरी घटनाको आवश्यक निकास दिनु भनि परमादेश जारी भए पनि सो आदेश प्रति प्रहरीले चासो नदेखाएको पीडित परिवारले पत्रकार हरुसँग गुनासो गरेका छन ।

Comment


Related News

Latest News

Trending News