अपडेट 
२०८१ बैशाख १२, बुधबार ०६:१५

राष्ट्रिय खेलकुद परिषदले गुठी संस्थानसंग गरिएको लिज सम्झौता एकपक्षीय रुपबाट भंग गर्ने भनि गरिएको पत्राचारप्रति जनकपुरधाम उपमहानगरपालिकाले खेद प्रकट गरेको छ ।

उपमहानगरपालिकाले मंगलबार एक विज्ञप्ती जारी गर्दै जनकपुरधाम उपमहानगरपालिकालाई जानकारि समेत नगराई परिषदले एकपक्षीयरुपबाट लिज सम्झौताा भंग गर्ने पत्राचार गरिएको कार्यप्रति खेद प्रकट गरेको हो ।

उक्त स्थानमा रंगशाला निमार्णमा जनकपुरधाम उपमहानगरपालिकाबाट पूर्वाधार तयारीमा लाखौ रकम लगानी गरिसकेको,प्रचार प्रसारमा सो स्थान केन्द्रित विभिन्न खेलकुद प्रतियोगीता आयोजना गरी शंगशाला निमार्ण कार्यप्रति प्रतिवद्ध भइरहदा समेत केहि कथित व्यक्तिहरुबाट उपमहानगरपालिका र नगर प्रमुखलाई जोडेर जानाजान रंगशालाको जग्गा लिज सम्झौता भंग गरिएको भनि फैलाइएको भ्रामक समाचार प्रति ध्यानाकषर्ण भएको जारी विज्ञप्तीमा जनाइएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं १४ मा श्री रामजानकी बहुउदेश्यीय रंगशाला निमार्ण गर्ने गरी गुठी संस्थान प्रधान कार्यालय र राष्ट्रिय खेलकुद परिषद वीच सम्झौता भई रंगशाला निमार्ण गर्ने पूर्वाधार शुरु गर्न सडक निमार्ण, विजुली बती जडान,नाला व्यवस्थापन,जग्गालाई कांडेतारले घेरवेर गरी सुरक्षीत राखी उक्त जग्गामा विभिन्न प्रतियोगीताहरु सम्पन्न गरिएको र रंगशाला निमार्णको आर्थिक श्रोत जुटाउन संघीय सरकार, भारतीय सरकार समेत संग समन्वय गरि रंगशाला निमार्णका लागि जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुखले गरिरहेको अवस्थामा लिज भंगमा नगरप्रमुखको हात रहेको भनेर हल्ला फिजाउनु गलत रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

जारी विज्ञप्तीमा रंगशालाको निमार्ण जनकपुरधाम उपमहानगरपालिका कार्यालयको विशेष चासो र सरोकारको विषय रहेको उल्लेख गर्दै रंगशाला निमार्ण गर्न गुठी संस्थान संग भएको सम्झौता राष्ट्रिय खेलकुद परिषदले भंग गरेको भए पनि उक्त जग्गामा रंगशाला निमार्ण अवश्य गरिनेछ र सो को लागि प्रदेश सरकार र स्थानिय सरकारसंग समन्वय गरी अगाडी बढुने उल्लेख गरिउको छ ।

राष्ट्रिय खेलकुद परिषदले आर्थिक अभाव र संघीय सरकारलाई दोषारोपण गरि सम्झौता भंग गरेको कार्यमा जनकपुरधाम उपमहानगरपालिका कार्यालय,नगर प्रमुख र अन्य कुनै पदाधिकारीको कुनै संलग्नता नरहेको जानकारि गराउदै सम्झौता भंग गरेको घटना संग जोडेर भ्रामक समाचार प्रकासन नर्गन र झुठा दोषारोपण गरि चरित्र हत्या गर्ने गरि समाजीक संजालको दुरुपयोग नगर्न जारी विज्ञप्तीमा जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News