अपडेट 
२०८१ बैशाख १२, बुधबार १५:४२

महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ जरलहवा टोलमा भिषण आगलागी भएको छ ।

बुधबार विहान १० देखि लागेको आगोले पुरा बस्ती नै जलेर नष्ट भएको छ। मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले यस बस्तीमा रहेको सयौं घर जलेर क्षतिग्रस्त भएको बताए ।

उनले मानविय क्षतिबारे अहिले सम्म भन्ने अवस्था नभएपनि बस्ती रहेका सयौं घरधुरीको धन, सम्पती, अन्न, लुगाफाटा सबै जलेर नष्ट भएको अवस्था देखिएको बताए ।

आगलागी नियन्त्रण गर्नको लागि अहिले नगरपालिकाको वारुणयन्त्रसहित जलेश्वर नगरपालिका, गौशला , रामगोपालपुर, जनकपुरधाम उपमहानगरपालिकाको वारुण यन्त्रहरुको मद्दतले प्रयास भइरहेको मेयर मण्डलले बताए ।

अन्यन्त्रबाट समेत बारुण यन्त्र झिकाउनका लागि आग्रह गरिएको मेयर मण्डलले बताए ।अहिले घटना स्थलमा पुगेर स्थानीयको साथै नेपाली सेना, शसस्त्र प्रहरी,नेपाल प्रहरीहरुको व्यापक उपस्थितीमा आगोलागि नियन्त्रण गर्ने प्रयास जारी रहेको छ।

 

 

Comment


Related News

Latest News

Trending News