अपडेट 
२०८१ बैशाख १४, शुक्रबार ०६:४२

मधेश–प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले पत्रकारिता क्षेत्रको दिगो विकास तथा संरक्षणका लागि मधेश– प्रदेश सरकार योजनाबद्ध तरिकाले अगाडि बढ्ने बताएका छन् ।

सञ्चारिका समूह नेपालद्वारा बिहीबार देखि जनकपुरधामको होटल अञ्जनी सुइटमा आयोजना गरिएको नेपालमा महिला पत्रकार हरुको ‘नेतृत्व क्षमता विकास’ विषयक दुईदिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले सो विचार व्यक्त गरेका थिए ।

मन्त्री लेखीले लोकतन्त्र तथा सञ्चार क्षेत्र एक सिक्काको दुई पाटा रहेको उल्लेख गर्दै लोकतन्त्रमा पत्रकारितालाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउनुपर्ने आवश्यक रहेको बताए । सञ्चार क्षेत्रमा काम गर्ने पत्रकार र सञ्चार संस्थाको संस्थागत विकासका लागि एक हप्ताभित्र मधेश–प्रदेश सरकारले बजेट, तालिम, सूचना र सुरक्षाका कार्यक्रम ल्याउने जानकारी दिए । “म मन्त्री भएको धेरै दिन भएको छैन, सबै कुरा बुझ्दै सञ्चारक्षेत्रको विकासमा लाग्नेछु”, उनले भने । गोष्ठीमा राज्यमन्त्री शारदा थापाले मुलुकमा सामाजको विकास तथा सुशासन कायम गर्नका लागि पत्रकारिता क्षेत्रको भूमिका सराहनीय रहेको उल्लेख गर्दै पत्रकारिता क्षेत्रको विकासमा सरकारको हरेक क्षेत्रले सहयोग पु¥याउनुपर्ने आग्रह गरिन् ।

सञ्चारिका समूह नेपालका अध्यक्ष विमला तुम्ख्वाको सभापतित्वमा भएको सो कार्यक्रममा आसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, सञ्चारिका समूहकी पूर्व अध्यक्ष निर्मला शर्मा र पत्रकार महासङ्घ धनुषाका अध्यक्ष मोनिका झाले पनि पत्रकारको समस्याबारे विचार व्यक्त गरेका थिए । सो कार्यशाला गोष्ठीमा मधेश प्रदेशका पुरुष र पत्रकार महिलाहरुको सहभागिता रहेको छ ।

कार्यशालामा प्रत्येक जिल्लाबाट दुई पुरुष र दुई महिला गरी चार÷चार जना सहभागी रहेका छन् । ३२ जना सहभागी रहेको सो कार्यशाला दुई दिन सम्म चल्ने संचारिका समूह मधेश प्रदेशकी कोषाध्यक्ष चान्दनी झाले जानकारी दिइन् ।

Comment


Related News

Latest News

Trending News