अपडेट 
२०८१ बैशाख १४, शुक्रबार १३:०९

सुनको भाउ आज तोलामा एक हजार चार सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलाको एक लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ३५ हजार आठ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर एक हजार छ सय ७५ रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार छ सय ५५ रुपैयाँ थियो ।

Comment


Related News

Latest News

Trending News