अपडेट 
२०८१ बैशाख १५, शनिबार १३:२७

मुख्यमन्त्री सरोज कुमार यादवले महोत्तरी मठिहानी ६ स्थित आगलग्गी प्रभावित क्षेत्रको आज स्थलगत निरीक्षण गर्नु भएको छ ।

प्रधामन्त्रीको अध्यक्षतामा भएको बैठकमा सहभागि हुन काठमाडौ पुग्नु भएको मुख्यमन्त्री यादव जनकपुर फर्किए लगतै मठिहानी पुगी आगलग्गी प्रभावित क्षेत्रको निरीक्षणकासाथै पीडित परिवारहरु अवस्थाबारे जानकारी लिनु भएको छ ।

पीडित परिवारहरु संग कुरा गर्दै मुख्यमन्त्री यादवले क्षतिको एकिन विवरण पठाउन जिल्ला विपद व्यवस्थापन समितिलाई निर्देशन दिई सकिएको र विवरण प्राप्त भए लगतै प्रदेश सरकारबाट ठोस राहत प्याकेज घोषणा गरिने प्रतिवद्धता व्यक्त गर्नु भयो । प्रदेश सरकार जनताको सरकार रहेको उल्लेख गर्नु हुँदै उहाँले जिल्ला विपद व्यवस्थापन समितिको समन्वयमा तत्कालिक राहत प्याकेज वितरणमा कुनै समस्या नरहेको हुँदा ठोस राहतका लागि छिट्टै प्याकेज घोषणा हुने बताउनु भयो ।

बैशाख १२ गते मटिहानी नपा वडा नं। ६मा भएको भिषण आगलग्गी बाट एक सय ३ घर जलेको थियो ।

Comment


Related News

Latest News

Trending News