अपडेट 
२०८१ बैशाख १५, शनिबार १७:५८

प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) र नारायण श्रेष्ठ नेतृत्वको समाजवादी जनएकता पार्टीबीच एकीकरण भएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच दुई पार्टीबीच पाँच बुँदे एकताको आधार पत्रमा हस्ताक्षर भएको हो । पार्टी एकीकरणपछि आम जनता पार्टीका अध्यक्ष प्रभु साहले अहिलेको व्यवस्थाले मुलुकमा अस्थीरता पैदा गरेको भन्दै कुनै पार्टी वा व्यक्ति नभई व्यवस्था बदल्न चाहेको बताउनुभयो ।

अहिलेको व्यवस्था लोकतान्त्रीक व्यवस्था नभइ जनतालाई ढाट्ने व्यवस्थाको रुपमा बिकसित भइरहेको उहाले बताउनुभयो । उहाले भोट माग्दा एउटा पार्टीसंग गठबन्धन र सरकार बनेपछि अर्र्कै गठबन्धन बनाएर दलहरुले जनतालाई समेत ढाँटेको आरोप लगाउनुभयो । उहाले अहिलेको व्यवस्थाले भ्रष्टचार जन्माइरहेको भन्दै सवै मिलेर यसलाई परिवर्तन गर्नुपर्ने धारणा राख्नुभयो ।

सहमति पत्रमा पार्टी एकता पश्चात प्रभु साहको नेतृत्वमा आम जनता पार्टी रहने उल्लेख छ । अग्रगामी सोच–विचारका लोकप्रिय व्यक्ति, समूह, सङ्गठन र शक्तिबीच योजनाबद्ध वार्ता, संवाद र सहकार्यमार्फत निकट भविष्यमा थप वृहद ध्रुवीकरण एवं एकतालाई नयाँ उचाइमा पु¥याउन सङ्कल्पित रहने पनि सहमतिपत्रमा उल्लेख छ ।

Comment


Related News

Latest News

Trending News