अपडेट 
२०८१ बैशाख १७, सोमबार १४:४०

काठमाडौंको गोठाटारमा लाल मोहम्मदलाई गोली हानी हत्या भएको घटनामा संलग्न रहेको आरोप लागेका भारतीय नागरिक बब्लु पासवान पक्राउ परेका छन् ।

पर्सा प्रहरीले सोमबार राती ४५ वर्षीय बब्लुलाई गोली हानेर नियन्त्रणमा लिएको हो। पेस्तोल र लागू औषधसहित मोटरसाइकलमा नेपाल प्रवेश गरेका बब्लुले आक्रमण गर्न खोज्दा उनलाई गोली हानी प्रतिकार गरिएको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले जानकारी दिए ।

बब्लुको बायाँ खुट्टाको घुँडामुनी गोली लागेको छ । प्रहरीले पासवानको साथबाट ४९ ग्राम हिरोइन, मेड इन यूएसए लेखिएको पेस्तोल र ८ सय ८० ग्राम गाँजा बरामद भएको जनाएको छ । २०७९ असोज ३ गते गोठाटारमा लाल मोहम्मदको गोली हानी हत्या भएको थियो ।

Comment


Related News

Latest News

Trending News