अपडेट 
२०८१ बैशाख १८, मंगलवार ०६:४१

सर्लाहीको बरहथवामा छोरीको हत्या गरिदिएको भन्दै न्यायका लागि करिब एक महिना अघिदेखि भौँतारिदासमेत प्रहरीले बेवास्ता गरेको आरोप लगाएका छन् ।

इलाका प्रहरी कार्यालय बरहथवा सर्लाहीमा पेश गरेको जाहेरी दर्ता नगरी जनप्रतिनिधिले समेत वास्ता नगरेको भन्दै राष्ट्रिय मानवअधिकार आयोग मधेश प्रदेशमा उजुरी दिएका छन् । विवाह भएको वर्ष दिन नबित्दै थप दाइजो माग्दै २२ वर्षीया छोरी गीता कुमारीलाई ससुरालीमा यातना दिई कुटपिट गर्ने गरेको र पछि हत्या नै गरिदिएको भन्दै उनकी आमा राजवति सहनीले बताइन् ।

जिल्लाको बरहथवा नगरपालिका– १५ स्थित ससुराली घरमा गीतालाई कुटपिट गरी पासो लगाई आत्महत्या गरेको जस्तो देखाएर हत्या गरेको मृतककी आमा राजवति सहनीको दाबी छ । छोरी गीताको श्रीमान गुड्डु सहनी, उनका बुवा हरिन्द्र सहनी र उनका आमा रमतिया देवीले माइतबाट दाइजो ल्याउन भन्दै दबाब दिँदै आएको र माइतबाट दाइजो पाउने सम्भावना नदेखे पछि उनीहरुले मिलेर हत्या गरेको उनको आरोप छ ।

सो घटना सम्बन्धी जाहेरी इप्रका र जिल्ला प्रहरी कार्यालय सर्लाहीमा दिँदा जाहेरी लिन इन्कार गरेको भन्दै राजवतिले मुद्दा दर्ताका लागि हारगुहार गर्दासमेत बेवास्ता गर्दै आए पछि मधेश प्रदेश प्रहरी कार्यालयमा समेत घटनाबारे जानकारी गराएको पीडित परिवारजनले बताए । बरहथवा– १५ स्थित रहेको आरोपितको घरको कोठामा रातो रंगको सलले घाँटीमा पासो लगाई वितेको चैत १० गते हत्या भएको थियो ।

माहिली छोरी गीताको माँगी विवाह गुडु सहनीसँग २०८० जेठमा पाँच लाख रुपैयाँ दहेज दिई हिन्दु सामाजिक रितिरिवाज विधि र परम्परा अनुसार भएको थियो । विवाह भएको केही दिनमै तिमी आफ्नो आमाबाबुसँग दाइजो मागेर ल्याउ भन्दा छोरीले नमाने पछि उनीहरुले योजनावद्ध तवरले कुटपिट गर्दै हत्या गरेको मृतककी आमा राजवतिले भनिन् ।

गीताको मुखमा रातो रंगको सलले घाँटीमा पासो लगाइ चेत १० गतेका राति अन्दाजी १२ बजेको समयमा आत्महत्या गरेको कुरा सम्धी हरिन्द्रले मोवाइलबाट फोन गरी जानकारी गराएको उनले भनिन् । गीताको बुवा दीपलाल सहनीले भने, ‘छोरीले लगाएको पासो हेर्दा शरीरबाट रगत बगेको रगतको छिटा लुगा र घाँटीमा देखिएको थियो । भने सोही दिन तत्कालै दाहसंस्कार गरिदिएपछि हत्या गरेको हुन सक्ने स्पष्ट भएको छ ।’ उनले छोरी गीतालाई विभिन्न किसिमको घरेलु हिंसा तथा मानसिक शारिरीक पिडा दिँदै आएको बताउँदै उनले सम्बन्ध विच्छेदका लागि पनि दबाब दिँदै आएको बताए ।

यता सो घटनाबारे चासो लिँदै कारबाही प्रक्रिया अघि बढाउने राष्ट्रिय मानवअधिकार आयोग मधेश प्रदेशले जनाएको छ ।

 

Comment


Related News

Latest News

Trending News