अपडेट 
२०८१ बैशाख १८, मंगलवार ०६:४८

प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले संघीयता धरापमा परे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जेल जाने दाबी गरेका छन् । उनले वर्तमान प्रचण्ड नेतृत्वको सरकार चिनियाँ भन्दा बढी अमेरिकन शक्तिबाट सञ्चालित रहेको आरोप समेत लगए ।

सामाजिक कामको क्रममा वीरगञ्ज पुगेका सांसद सिंहले पत्रकारहरु संगको संक्षिप्त कुराकानीमा संविधानमाथि भइ रहेको षडयन्त्र प्रचण्डलाई जेलमा हाल्ने रणनीति बनि रहेको बताए । प्रचण्डले मुलुकलाई अस्तव्यस्त बनाएको टिप्पणी गर्दै मुलुकमा देखिएको आर्थिक संकटका कारक प्रचण्डनै रहेको दाबी गरे ।

प्रचण्ड मुलुकमा उदाएपछि मात्रै मुलुकको बर्तमान दुर्दशा भएको टिप्पणी गर्दै उनी आउनु भन्दा पहिला यहाँ कलकारखाना सञ्चालनमा थियो, आर्थिक गतिविधि हुन्थ्यो तर, अहिले मान्छेलाई विदेश पठाएर रेमिटान्सको भरमा देश चलेको छ परिवर्तनकारी शक्ति आउँछ र यसलाई उखालेर फ्याक्ने दाबी गरे ।

उनले मुलुकमा व्याप्त परिवारबाद, व्यापारीकरण तथा भ्रष्टाचारले मुलुक दिनानुदिन आर्थिक रुपले ओरालो लागेको बताए । नियतवस विदेशी शक्तिहरुको इशारामा नेपालको संविधान माथि प्रहार भइरहेको बताउदै सांसद सिंहले संविधानका मुख्य चारवटै आधारस्तम्भ दलगत भागबण्डामा चलिरहेको आरोप लगाऐ ।

सविधानको प्रजातान्त्रिक कार्यान्वयन भन्दा पनि मुलुकमा लागु भएको धर्मनिरपेक्ष्ता, गणतन्त्र, संघीयता र समावेशीता माथि प्रहार भइरहेको उनको भनाइ थियो । उनले मुलुकबाट एक राजा गए पनि बढदै गएका नव युवराजहरुको कारण मुलुक बिचौलिया र अपराधीकरणको दलदलमा फस्दै गएको बताउदै प्रधानमन्त्रीको सचिवालय समेत विशेषज्ञ भन्दा पनि परिवारवादको कब्जाबाट संचालित भएको अरोप लगाए । उनले भने–‘पैसा उठाउन, गैर कानुनी काम गर्नका लागि प्रधानमन्त्री कार्यालयमा छोरी, बुहारी, भाई, भतिजाहरुलाई नियुक्ति गरेर राखिएको छ । यो पनि एउटा संवैधानिक अपराध नै हो ।’

Comment


Related News

Latest News

Trending News