अपडेट 
२०८१ बैशाख १८, मंगलवार १२:१५

धारिलो हतियार प्रहार गरी ६४ वर्षीया पत्नीको हत्या गरेको आरोपमा पक्राउ परेका सर्लाहीका एक वृद्ध कारागार चलान भएका छन्।

बागमती नगरपालिका-२ सितलनगर निवासी ६७ वर्षीय हेमबहादुर बस्नेतल पुर्पक्षको लागि कारागार चलान भएका हुन्।

बस्नेतले गएको चैत २३ गते ६४ वर्षीया पत्नी विष्णु कुमारी बस्नेतको हत्या गरेको अभियोग छ।

टाउको हात तथा शरीरका विभिन्न भागमा खुकुरी प्रहार भएपछि शक्त घाइते भएकी विष्णुको उपचारको क्रममा मृत्यु भएको थियो।

पत्नीलाई धारिलो हतियार प्रहार गरेर फरार भएका हेमबहादुरलाई प्रहरीले पक्राउ गरेर अदालतमा उपस्थित गराएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले जानकारी दिए।

वैशाख १७ गते जिल्ला सरकारी वकिल कार्यालय सर्लाही मार्फत् जिल्ला अदालत सर्लाहीमा पेस गर्दा उनलाई पुर्पक्षको लागि करागार पठाउनले आदेश भएको गिरीले बताए।

Comment


Related News

Latest News

Trending News