अपडेट 
२०८१ बैशाख १९, बुधबार ११:४३

जनकपुरधाममा खानेपानी सरसफाई तथा स्वच्छता सुशासन सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यकम सम्पन्न भएको छ । नेपाल सरकार, नेपाल नगरपालिका संघ, गाउँ पालिका राष्ट्रिय महासंघ नेपाल, यूके एड र यूनिसेफको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा मधेश प्रदेश उर्जा सीचाई तथा खानेपानी मन्त्रालयका प्रदेश सचीव जक्की अहमद अन्सारीले मधेश प्रदेशमा विद्यमान खानेपानी तथा सरसफाई सम्बन्धी समस्या समाधान गर्न आफू गम्भीर रहेको जिकिर गर्नुभयो । उनले कार्यक्रममा प्रस्तुत गरिएका विभिन्न जिल्लाका डाटाले खानेपानी अभावको समस्या समाधान गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । उनले पालिकाहरुलाई वास प्लानमा आवद्ध हुन आग्रहसभेत गर्नुभयो । उनले खाने पानीको सेफली म्यानेजड वाटर २२ प्रतिसत (मधेश प्रदेशमा) रहेको तथ्याङकलाई माथी लैजान सबै एकजुट भएर काम गर्न आवश्यक रहेको औंल्याए । मुहान सुक्ने समस्या समाधान गर्न चुरे क्षेत्र संरक्षणमा तिनै तहको सरकारले मिलेर काम गर्ने उनको भनाई थियो ।

त्यस्तै, नेपाल नगरपालिका संघका अध्यक्ष तथा निलकण्ठ नगरपालिकाका नगरप्रमुख भिम ढुङानाले खानेपानी र सरसफाईको समस्या समाधान गर्न तिनैतहको सरकारले समन्वय गरेर काम गर्नु पर्ने धारणा राखे । उनले खानेपानी र सरसफाईका समस्या समाधान गर्न पहिला स्थानीय तहले काम गर्नु पर्ने र समस्या समाधान नभए वा बजेट अभाव भए प्रदेश संग समन्वय गर्नुपर्ने र पनि थप समस्या यथावत रहे वा बजेट अभाव भए केन्द्र संग समन्वय गर्नुपर्ने विचार राखे । उनले निति तथा आयोगलाई कसैको कर चापमा नपरि जनता र ठाउँको माग अनुसार योजनाहरु बनाउन सल्लाह दिए । उनले केन्द्रका मन्त्रालयहरुमा प्रस्तुत हुने अधिकांश डाटाहरु गलत रहेको दाबी गर्दै, सहि डेटा निकालेर डाटा अनुसार काम हुनुपर्ने बताए । ग्राउन्डमा काम गर्दा भोग्नु परेका समस्याहरु केन्द्रमा प्रस्तुत भएका कुनै पनि डाटामा समावेश नभएकोले ती डाटाहरुलाई सच्चयाउन पने उनले सुझाव दिए ।

कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष तथा निलकण्ठ नगरपालिकाका नगरप्रमुख भिम ढुङाना, मधेश प्रदेश सभाका प्राकृतिक स्रोत तथा वातावरण समितिका सभापति सारदा दास, नेपाल नगरपालिका संघका स्वास्थ्य खानेपानी तथा सरसफाई विभागका संयोजक तथा सुरुगां नगरपालिका नगरप्रमुख गीता चौधरी, मधेश प्रदेश उर्जा सीचाई तथा खानेपानी मन्त्रालयका प्रदेश सचीव जक्की अहमद अन्सारी, युनिसेफका वास चिफ इरफान, मधेश प्रदेश सभाका विकास समितिका सदस्यहरु, नेपाल नगरपालिका संघका केन्द्रिय पदाधिकारी तथा सदस्यहरु र प्रदेशका पदाधिकारी र सदस्यहरु, गाउँपालिका राष्ट्रिय महासंघका मधेश प्रदेश कमिटि अध्यक्ष जवाहरलाल यादव, प्रदेश कमिटिका सदस्य, विभिन्न गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरु,  संघीय खानेपानी मन्त्रालयका सीनियर डिभिजन इन्जिनियर रजीत ओझा, मधेश प्रदेशका उर्जा सीचाई तथा खानेपानी मन्त्रालयका सीनीयर डिभिजन विश्वनाथ यादव, नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलागीं देवकोटा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेश प्रदेशका पदाधिकारीहरु, शिक्षा तथा संस्कृति मन्त्रालयका पदाधिकारीहरु, संविधानवीद तथा सहजकर्ता कासीराज दाहाल, प्रदेश निति तथा आयोजनका प्रतिनिधि, युनिसेफका पदाधिकारीहरुलगायतका उपस्थिती रहेको थियो ।

Comment


Related News

Latest News

Trending News