अपडेट 
२०८१ बैशाख १९, बुधबार १८:४२

गर्मी अत्यधिक बढेर पठनपाठन गराउन र विद्यार्थीलाई आउनजान समस्या भएपछि हरिवन नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै बढ्दो अत्यधिक गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्य नजर गर्दै  १९ गतेदेखि २२ गते शनिबारसम्म ३ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको जानकारी गराएको छ ।

नगरपालिकाको शिक्षा शाखाका प्रमुख एवं शिक्षा अधिकृत रुस स्टालिन चौलागाईंले सूचना जारी गर्दै संचालित परीक्षाहरु यथावत् रहने गरी सबै सामुदायिक, संस्थागत र धामिर्क विद्यालय शनिबारसम्म बन्द गर्ने नगर शिक्षा समितिले निर्णय गरेको उल्लेख गरेका छन् ।

Comment


Related News

Latest News

Trending News