अपडेट 
२०८१ बैशाख २०, बिहीबार ०६:५३

नेपाली काँग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले मजदूरहरुको हकहितमा श्रमिकका लागि सामाजिक सुरक्षा सम्बन्धी ऐन ल्याएको बताएका छन् ।

जनकपुरधामा बुधबार आयोजित कोणसभामा बोल्दै पूर्व उपप्रधानमन्त्री निधिले नेपाली काँग्रेसका नेता स्वर्गीय गिरिजा प्रसाद कोईरालाले विरानगर जुट मिल्सबाट मजदूर आन्दोलनको शुरुवात गरेको स्मरण गरे ।

१३५ औँ मजदूर दिवसको अवसरमा नेपाल ट्रेड यूनियन काँग्रेस धनुषाले प्रभात फेरी तथा मजदूर सभामा बोल्दै उनले वर्तमान गठबन्धन सरकारले नेपाली जनता तथा देशको पक्षमा काम गर्न नसकेको आरोप लगाए । उनले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी सम्बन्धी आरोपमा छानबिन गर्नका लागि संसदीय छानविन समिति गठन गर्नुपर्ने अडान यथावत नै रहेको बताए । उनले सरकारले अध्यादेश मार्फत बजेट ल्याउने चर्चा चलेको बताउँदै प्रतिनिधि सभा सञ्चालन गर्नका लागि प्रमुख प्रतिपक्षीको माग सम्बोधन गर्न नसक्नु सरकारको कमजोरी रहेको बताए । पूर्वमन्त्री तथा प्रतिनिधि सभाका सदस्य रामकृष्ण यादवले मुलुकमा भएको राजनीतिक स्थिरताका कारण सत्ता गठबन्धनको हेरफेरले गर्दा स्वदेशमै रोजगारीको सृजना हुन नसकेको बताए ।

नेपाल ट्रेड यूनियन काँग्रेस धनुषाका जिल्ला अध्यक्ष महावीर दासको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली काँग्रेसका प्रदेश सभाका सदस्य रामसरोज यादव, काँग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियार, ट्रेड यूनियन काँग्रेसका प्रदेश अध्यक्ष विजय यादव, जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहलगायतकाहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News