अपडेट 
२०८१ बैशाख २१, शुक्रबार ०७:३९

सप्तरीको महादेवा गाउँपालिकाका अग्निपीडित परिवारको बिहीबार निःशुल्क प्राथमिक उपचार गरिएको छ ।

महादेवा गाउँपालिका १ स्थित स्वास्थ्य चौकी पकरीको टोलीले अग्निपीडित परिवारलाई बुधबारदेखि निःशुल्क प्राथमिक उपचार सेवा सुरु गरेको छ । आगलागी भएको घटनास्थलमै आयोजना गरिएको निःशुल्क उपचारका लागि चिकित्सक, स्वास्थ्यकर्मी तथा अनमीहरुको सहयोगमा उपचार थालिएको जनस्वास्थ्य निरीक्षक भोलाकुमार यादवले जानकारी दिए ।

आगलागीका क्रममा आगोबाट पोलेर हात, खुट्टा र छाला जलेका १५ वर्षीय कृष्णकुमार यादव, ३० वर्षीय श्याम यादव, २२ वर्षीय शिवु यादव र १८ वर्षीया सकिना खातुन उपचार गरिएको छ । साथै आगलागीको क्रममा सामान्य चोटपटक, अत्याधिक गर्मीका कारण हुने झाडापखालाका बिरामी र शरीरमा जलन बढी हुने बिरामीहरुको निःशुल्क उपचार गरिएको जनस्वास्थ्य निरीक्षक यादवले जानकारी दिए । त्यस्तै, बालबालिकाहरुको समेत उपचार गरी निःशुल्क औषधी दिइएको छ ।

४६ परिवारका २६७ जना आगलागीबाट प्रभावित मध्य गर्भवती ६ जना, ज्येष्ठ नागरकि, अपाङ्ग, एक जना, सुत्केरीमा दुई वर्षमुनीका १३ जना, तीन–पाँच वर्षमुनिका ११ जना सुत्केरी रहेको जनस्वास्थ्य निरीक्षक यादवले जानकारी दिए । अहिलेसम्म १४२ जना व्यक्तिको बिहीबार उपचार गरिएको र अगामी वैशाख ३१ गतेसम्म आगलागी भएको क्षेत्रमा निःशुल्क उपचार जारी राखिने स्वास्थ्य चौकी पकरीका इन्चार्ज सि.अहेव उमेश यादवले जानकारी दिए । सि.अहेवा, स्वास्थ्य निरीक्षक र दुई जना अनमीसहित स्वास्थ्यकर्मीहरुको टोलीले उनीहरुको उपचारमा संलग्न छन् ।

Comment


Related News

Latest News

Trending News