अपडेट 
२०८१ बैशाख २२, शनिबार ०७:०२

नेकपा एमाले पर्सा जिल्लाको निर्वाचनमा कार्यकर्ताहरूबिच कुटाकुट भएको छ ।

एमाले पर्साको अधिवेशनमा जबरजस्ती मतदान गराउन खोजेपछि कार्यकर्ताहरूबिच कुटाकुट भएको जिल्ला सचिवका उम्मेदवार नवराज शर्माले जानकारी दिएका छन् । संस्थापन पक्षले जबरजस्ती मतदान गराउन खोजेपछि कुटाकुट भएको उनको भनाइ छ । शर्माका अनुसार मतदान स्थलमा कुटाकुट हुँदा वीरगञ्ज महानगरपालिका– २० का वडाअध्यक्ष एवं जिल्ला उपसचिवका उम्मेदवार रामकिशोर सिंह (पराग) घाइते भएका छन् ।

संस्थापन पक्षका मनोज गुप्तासहितको टोलीले इतरपक्षमाथि हमला गरेपछि वडाअध्यक्ष सिंहको नाकमा चोट लागेको छ । घाइते सिंहको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ । नेताहरूमाथि पनि हातपातसमेत गरिएको शर्माले बताए । सोमबार एमाले पर्साको ९ औँ अधिवेशनको उद्घाटन भएपछि शुक्रबार नेतृत्व चयनमा विवाद बढ्दा कुटाकुट भएको छ ।

Comment


Related News