अपडेट 
२०८१ बैशाख २३, आईतवार ०८:४४

भारत नेपाल अन्तर्राष्ट्रिय बोर्डर बन्द गरिएको छ ।

भारतको मध्वनी जिल्लाको झंझारपुर संसदीय निर्वाचन क्षेत्रमा हुने लोकसभाको चुनावलाई मध्येनजर गर्दै बोर्डर बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले एक सूचना जारी गर्दै सो कुरा जनाएको छ ।

उक्त सूचनामा, “मिति २०८१/०१/२२ गते मध्य राती ००:०० बजे देखी नेपाल भारत सिमावर्ती क्षेत्रमा पर्ने भारत मधुवनी जिल्लाको झंझारपुर संसदीय निर्वाचन क्षेत्रमा मिति २०८१/०१/२५ गते ( 7 May 2024 ) मंगलवारका दिन लोकसभाको चुनाव हुने भएकोले मिति २०८१/०१/२३ गते रातको ००:०० बजे ( 4 May 2024 ) शनिवार मध्यराती देखि मिति २०८१/०१/२५ गते ( 7 May 2024 ) मंगलवार मध्य राती सम्म र २०८१।०२।०४ गते रातको ००:०० बजे ( 17 May 2024 ) शुक्रवार मध्यराति देखि मिति २०८१।०२।०७ गते ( 20 May 2024 ) सोमवार सम्म भारत-नेपाल अन्तर्राष्ट्रिय बोर्डर सिल गर्ने गरी नेपाल भारत दुवै पक्षको सीमा जिल्ला समन्वय समितिबाट निर्णय भएको” उल्लेख रहेको छ ।

साथै मिति २०८१/०१/२३ गते आईतवार देखि २०८१/०१/२५ गते मंगलवार सम्म ३ (तीन) दिनका लागि जनकपुर-जयनगर, भंगहा खण्डमा संचालित रेल्वे सेवा पूर्ण रुपमा बन्द रहने व्यहोरा समते जानकारी गराइएको छ ।

Comment


Related News

Latest News

Trending News