अपडेट 
२०८१ बैशाख २३, आईतवार १८:३३

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) फुटेको छ । पार्टीका नेता अशोक राई नेतृत्वको समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ ।

यसअघि जसपा फुटेर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेको थियो । त्यस्तै बाबुराम भट्टराईले पनि जसपाबाट अलग भएर नेपाल समाजवादी पार्टी (नेसपा) बनाउनुभएको थियो ।

प्रतिनिधि सभामा जसपाका १२ जना सांसद छन् । उनीहरूमध्ये सात जना आफ्नो पक्षमा रहेका राई समूहले दाबी गरेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्य तथा जनसङ्ख्या हुनुहुन्छ । उहाँ अहिले विदेश भ्रमणमा रहनुभएको छ ।

Comment


Related News