अपडेट 
२०८१ बैशाख २४, सोमबार १६:०४

गत वैशाख ८ गते राजीनामा दिएर बाहिरिएका लुम्बिनी प्रदेशका मन्त्री भण्डारीलाल अहिर फेरि सरकारमै फर्किएका छन् ।

लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको १६ दिनपछि अहिर सरकारमै फर्किएर कृषि तथा भूमि व्यवस्था मन्त्रालय सम्हालेका हुन् ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई अशोक राईसहितले विभाजित गरेपछि अहिर पनि नयाँ पार्टीतर्फ खुलेका छन् ।

अहिर लुम्बिनी प्रदेशमा जसपा संसदीय दलका नेता पनि हुन् । पार्टी विभाजनपछि अशोक राईको नेतृत्वमा बन्ने पार्टीमा सहभागी हुने गरी अहिर लुम्बिनी सरकारमा सहभागी भएका छन्।

फागुन २१ मा बनेको नयाँ गठबन्धनले जसपालाई दुईजना मन्त्री दिने सहमति कार्यान्वयन नगरेको भन्दै उनले वैशाख ८ गते राजीनमा दिएका थिए ।

तर अहिरको राजीनामा मुख्यमन्त्री जोखबहादुर महाराले स्वीकृत गरेका थिएनन् । जसपाका लुम्बिनीमा तीन जना प्रदेशसभा सदस्य छन् । जसमध्ये दुईजनालाई मन्त्री बनाउनुपर्ने जसपाको माग थियो ।

Comment


Related News

Latest News

Trending News