जनकपुरधाममा एक निजी स्कुलको भ्यानमा आगलागी भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–२१, कुर्थामा शिवशारदा स्कुलको ज १ च १८५३ नम्बरको भ्यानमा सोमबार बिहान ६ बजे आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट कुनै मानवीय क्षति नभएको र जनकपुरधाम उपमहानगरको वारुणयन्त्र र स्थानीयवासीको सहयोगमा जिल्लाबाट खटिएको प्रहरी टोलीले आगलागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।