अपडेट 
२०८१ बैशाख २५, मंगलवार १२:४६

अशोक राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको अहिलेकै सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट छुट्टिएर गठन भएको जनता समाजवादीलाई निर्वाचन आयोगले सोमबार मान्यता दिएको थियो।

आयोगले नयाँ दलको मान्यता दिएलगत्तै उक्त पार्टीले संघीय संसद सचिवालयमा दल दर्ताको जानकारी दिएको थियो। त्यसपछि अध्यक्ष राईको अध्यक्षतामा बसेको संसदीय दल बैठकले अहिलेकै सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो।

‘संसदीय दलको बैठकको निर्णयअनुसार प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन निरन्तर जारी राख्ने निर्णय भएको छ,’ जसपाका महासचिव मोहम्मद इस्तियाक राईले निकालेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिनिधि सभामा नवगठित जसपाका ७ जना सांसद हुनेछन्।

Comment


Related News

Latest News

Trending News