अपडेट 
२०८१ बैशाख २५, मंगलवार १४:५८

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म रहनुपर्छ भन्नेमा स्पष्ट रहेको जनाएको छ ।

पार्टी कार्यालय बालकुमारी मंगलबार बसेको जसपा नेपालका नेताहरुको बैठकले पार्टीले गठबन्धन छाड्न लागेको भन्ने हल्लामात्रै भएको भन्दै अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म रहनुपर्छ भन्नेमा स्पष्ट रहेको जनाएको हो । बैठकपछि जसपा नेपालका प्रवक्ता मनिष सुमनले मिलेर चल्नुपर्ने मतादेश अनुसार नै जसपा नेपाल सरकारमा सहभागी भएको भन्दै अहिलेको गठबन्धनलाई आगामी निर्वाचनसम्म रहनुपर्छ भन्नेमा स्पष्ट रहेको र विकल्पको बारेमा नसोचेको बताउनुभयो । उहाले पार्टी महाधिवेशनमा पराजित हुने डरले अहिले नै पार्टी फुटाएको सुमनले बताउनुभयो । सुमनले केहि व्यक्तिहरुले पार्टी छाडेपनि त्यसले पार्टीलाई धेरै असर नपर्ने दावी गर्नुभयो । प्रवक्ता सुमनले आफुहरुकै नेताले घरमा आगो लगाएर पार्टी छाडेको भन्दै यसको कसैलाई दोष नदिने बताउनुभयो । यद्दपी पार्टी बिभाजनमा ठूलै शक्तिको हात रहेको उहाको भनाइ छ ।

उहाले महाधिवेशनलाई समयमा नै आयोजना गर्नका लागि आवश्यक तयारीलाई तीव्रता दिने बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News