![](https://ejanakpurtoday.com/wp-content/uploads/2024/04/jsp-jasapa-office_maekG5orXV_uqs0tu2Pp8.jpg)
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल पार्टी विभाजनबारे कानूनी उपचार खोज्ने निष्कर्ष निकालेको छ ।
अशोक राईको नेतृत्वमा ७ सांसद र ३० केन्द्रीय सदस्यको माग अनुसार नयाँ दल दर्ता गराएको विषयमा अदालत जाने तयारी गरेको हो ।
पार्टी विभाजनको विषयमा भोलि पत्रकार सम्मेलन गरेर जानकारी गराउन लागेको प्रवक्ता मनिष सुमनले बताए । उनका अनुसार भोलि बिहान साढे ११ बजे पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा पत्रकार सम्मेलन राखिएको छ ।