२०८१ बैशाख २५, मंगलवार १८:१५

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल पार्टी विभाजनबारे कानूनी उपचार खोज्ने निष्कर्ष निकालेको छ ।

अशोक राईको नेतृत्वमा ७ सांसद र ३० केन्द्रीय सदस्यको माग अनुसार नयाँ दल दर्ता गराएको विषयमा अदालत जाने तयारी गरेको हो ।

पार्टी विभाजनको विषयमा भोलि पत्रकार सम्मेलन गरेर जानकारी गराउन लागेको प्रवक्ता मनिष सुमनले बताए । उनका अनुसार भोलि बिहान साढे ११ बजे पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा पत्रकार सम्मेलन राखिएको छ ।

दल विभाजन सम्बन्धी कानूननै नभएको बेलामा निर्वाचन आयोगले पार्टी विभाजनलाई मान्यता दिएकोप्रति जसपा नेपालको असन्तुष्टि छ।
अध्यक्ष यादव अमेरिका भ्रमणमा भएको बेलामा राईको नेतृत्वमा आइतबार निवेदन दिए लगत्तै आयोगले सोमबार नयाँ दलको मान्यता दिएको थियो।

Comment

Related News

Latest News

Trending News