अपडेट 
२०८१ बैशाख २७, बिहीबार ०६:४१

वीरगञ्ज लगायतका स्थानहरुमा वरिष्ठ नेताहरुबाट पीडितबनेका स्थानीय नेताहरु जनता समाजवादी पार्टी नेपालमा फर्कने भएका छन् ।

वीरगञ्ज महानगरपालिकाका पूर्व मेयर बिजयकुमार सरावगी एमालेबाट राजीनामा दिएर जसपा नेपालमा फर्कन लागेका छन् । पूर्व मेयर सरावगीले केन्द्रीय अध्यक्षलाई दिएको राजीनामा आफू सक्रिय रुपमा राजनीति गर्दै आए पनि पार्टीले सक्रिय भूमिकाबाट पनि निष्क्रिय बनाएकोले साधारण सदस्य समेतबाट राजीनामा दिएको उल्लेख गरिएका छन् ।

जसपा नेपालको विभाजनसंगै पूर्व मेयर सरावगीले एमालेको कुनै पदमा नरहेको बताए । नवगठित जनता समाज पार्टीमा सांसद प्रदीप यादव र मेयर राजेशमान सिंहको सक्रियताले सरावगीलाई पुनः पार्टी छाडन बाध्य बनाएको छ । सुरु देखि प्रदीप यादवका कारण आफू उपेन्द्र यादवको पार्टी छाडेको भन्दै आएका पूर्व मेयर सरावगीलाई प्रदीप यादव र बर्तमान मेयर राजेशमान सिह भविष्यमा नेकपा एमालेमा जाने चर्चाले सरावगीलाई पुनः पुरानै घर फर्किने राजनीतिक विश्लेषकहरुको भनाइ छ ।

नेकपा एमालेमा मेयर राजेशमानको बढदै गएको घुष्पैठ र हालै एमाले पर्साको नवौ जिल्ला अधिवेशनबाट विश्वम्भर शर्मा खेमाको एकलौटी जितले पनि सरावगीलाई पुरानै घर फर्किने सम्भावना बढाएको जसपाको एक नेताले बताए । वीरगञ्ज महानगर भित्र जसपा नेपालबाट निर्वाचित १३ वटा वडाध्यक्ष मध्ये ८ वटा वडाध्यक्ष आफ्नो सम्पर्कमा रहेको जसपा नेपाल पर्साका अध्यक्ष रामनरेश यादवले बताए ।

पार्टीमा भएको विभाजनबारे अध्यक्ष यादवले अन्तर्घातिहरुको एउटा खेमा बाहिरिए पनि पर्सामा खासै फरक नपर्ने बताए । उनले भने–‘मेयर सरावगी मात्र होइन, दादागीरी र गुन्डागर्दीको आतंकले आजिज भएर जसपा त्यागेका सबै नेतासंग घर फिर्तीको कुरा चलिरहेको छ, समय आएपछि सबै खुलासा हुदै जान्छ ।’

Comment


Related News

Latest News

Trending News