अपडेट 
२०८१ बैशाख २७, बिहीबार ०६:४६

बेजिङ्ग बियोण्ड कमिटीले महिला अधिकारको बर्तमान अवस्था बारे राष्ट्रिय प्रतिवेदन तयारीको क्रममा बुधबार जनकपुरधाममा प्रदेश स्तरीय समीक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

बेइजिङ घोषणा तथा कार्ययोजनाको ३० औ बर्षको अवसरमा आयोजित समीक्षा कार्यक्रममा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभावको अवस्था, भेदभाव उन्मूलनका लागि सरकार पक्षबाट भएको सकारात्मक पहलकदमीहरु र सरकारले अझै गर्नु पर्ने कार्यहरू बारे अधिकारकर्मीहरुले आ–आफना धारणा राखेका थिए ।

सात वटै प्रदेशमा गर्न लागिएको समीक्षा कार्यक्रम अन्तर्गत बुधबार मधेश प्रदेशमा समीक्षा कार्यक्रम सम्पन्न गरिएको र कार्यक्रम बाट आएका सुझावहरु राष्ट्रिय समीक्षामा प्रस्तुत गरिने कमिटीका राष्ट्रिय सचिव सीमा खानले बताइन । राष्ट्रिय समीक्षा बाट प्राप्त समष्टिगत सुझावहरु प्रतिबेदनको रुपमा सरकारलाई बुझाउने कमिटीले जनाएको छ ।

कमिटीका प्रदेश अध्यक्ष अंजु कुमारी पुर्बेको अध्यक्षता एवं संबिधानसभा सदस्य उर्मिला साहको प्रमुख आतिथ्यमा भएको उक्त समीक्षा कार्यक्रममा मधेश प्रदेशका आठ वटै जिल्लाको महिला अधिकार संग सम्बन्धित संघ संस्थाका करिब ४० जना अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News