अपडेट 
२०८१ बैशाख २७, बिहीबार १६:१८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोना, उपमेयर रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जलेश्वर नगरपालिका वडा नम्बर १ हाटबजार क्षेत्रमा भइरहेको सडक ढलानमा गुणस्तरहीन काम गरी गैरकानुनी लाभ तथा हानी पुर्याएको आरोपमा अख्तियारले आज विशेष अदालत काठमाण्डौमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।जलेश्वरका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतसहित नगरपालिकाका अधिकृत धिरेन्द्र झा, वरिष्ठ इन्जिनियर पवनकुमार झा, इन्जिनियर राकेशकुमार चौधरी, सब–इन्जिनियर दिपेशकुमार साह, कार्यपालिका सदस्य सोगरा खातुन, जलेश्वर–१ का वडाध्यक्ष अनिलकुमार झा, उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष सन्तोषी देवीविरुद्ध मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

सडक ढलान कार्यमा भएको कामभन्दा पाँच लाख ८४ हजार छ सय ३७ रुपैयाँ भुक्तानी भएको र त्यति नै रकम १२ जनासँग बिगो मागदाबी गरेको छ ।

Comment


Related News

Latest News

Trending News