२०८१ बैशाख २७, बिहीबार १६:४१

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अर्को एउटा समूह बाहिरिएको छ ।

विभाजित समूहको नेतृत्व महेन्द्र पी लावतीले गरेका छन् । उक्त समूहले आफूहरूलाई पहिचानवादी मोर्चाका रुपमा अघि सारेको छ ।काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै उनीहरूले जसपा नेपालबाट बाहिरिएर पहिचानवादी मोर्चा घोषणा गरिएको जानकारी दिएका हुन्।मोर्चाले पहिचानका मुद्दालाई सशक्त बनाउन विभिन्न समूहमा अलग–अलग काम गरिरहेका पहिचानवादी दल तथा शक्ति, संगठन, अभियन्ता र व्यक्ति सबैलाई नयाँ शिराबाट एकताका लागि प्रयास गरिने जनाएको छ ।

केही वर्षअघि संघीय लिम्बूवान राज्य परिषद्मा रहेको यो समूह जसपामा गाभाएको थियो । जसपा नेपालबाट यही आइतबार अशोक राई नेतृत्वको अर्को समूह विभाजित भएर नयाँ दल बनाइसकेको छ ।

Comment

Related News

Latest News

Trending News