अपडेट 
२०८१ बैशाख २८, शुक्रबार ०६:४९

धनुषाको एक सामुदायिक विद्यालयका शिक्षकलाई स्थानीय तहले काजमा खटाएको भन्दै राजनीतिक दलले विरोध जनाएको छ ।

जनकपुरधामको सकल भवन कन्या माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई पालिकामा काजमा खटाएको भन्दै नेकपा एमाले जनकपुरधाम नगर कमिटीले आपत्ति जनाएको छ । शिक्षा नीति विपरित विद्यालयको शैक्षिक तथा भौतिक विकासमा अह्म भूमिका निर्वाह गर्दै आइरहेका प्रधानाध्यापक मोदनारायण राउतलाई पालिकामै काजमा खटाएकोमा विरोध गरेको एमाले नगर कमिटीले जनाएको छ ।

नगरप्रमुख मनोजकुमार साहलाई ज्ञापन पत्र बुझाउँदै शिक्षा समितिले गरेको अन्यायपूर्ण निर्णयलाई तत्काल सच्याउन माग गर्दै प्रधानाध्यापक राउतलाई पुनः सोही विद्यालयमा यथास्थानमा राख्न एमालेले माग गरेको छ । शिक्षकलाई पालिकामा काजमा तान्नु शिक्षा नीति विपरित कार्य रहेकाले तत्काल काज फिर्ता गर्न माग गरेको नगर सचिव राजु साहले जनाए । उनले शिक्षा नीति अवलम्बन गर्नसमेत माग गरेको बताए ।

यता, जनकपुरधामका नगरप्रमुख मनोज कुमार साहले दरबन्दी मिलान, शिक्षा शाखालगायतका समस्याहरुको बारे छलफल भइरहेको र सक्दो छिटै यी समस्याहरुको समाधान हुने प्रतिब्द्धता जाहेर गरे ।

Comment


Related News

Latest News

Trending News