अपडेट 
२०८१ बैशाख २८, शुक्रबार १२:५८

सुनकाे भाउ आज एकै दिन तोलामा दुई हजार तीन सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलाको एक लाख ३७ हजार नाै सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ३५ हजार ६ सय रुपैयाँ रहेको थियो । पछिल्लो समय सुनचाँदीको भाउमा उतारचढाव भइरहेको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ तोलामा ५० रुपैयाँले बढेर एक हजार सात सय ३५ रुपैयाँ पुगेको छ ।

Comment


Related News

Latest News

Trending News