२०८१ बैशाख २८, शुक्रबार १६:४७

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अब पार्टी फुट्ने पालो नेकपा माओवादी केन्द्रको भएको बताउनुभएको छ ।

रफत सञ्चार क्लबले शुक्रबार भक्तपुरमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै यादवले माओवादीले नै आफ्नो पार्टी फुटाएको आरोप लगाउदै अव फुटको शिकार माओवादी नै हुने बताउनुभएको हो । पार्टी फुटाउने नेताहरुलाई मागेजति दिएर पनि सन्तुष्ट बनाउन नसकेको टिप्पणी गर्दैै उहाले उनीहरुको गन्तव्य माओवादी र एमाले नै भएको जिकिर गर्नुभयो । पार्टी फुटाएको विषयलाई लिएर सर्वोच्चमा न्यायका लागि जाने उहाको भनाइ छ ।

नयाँ पार्टीको नाम, झण्डा, लोगो एउटै भएको अबस्थामा अघिल्लो दिन साँझ आवेदन लिएर भोली पल्ट पार्टी दर्ता गरेको निर्वाचन आयोगलाई सोध्दा दबाबमा परेको भन्दै सर्वोच्च जान आयोगले नै सुझाब दिएको उहाले बताउनुभयो । उहाले पार्टी फुटले सरकारलाई कुनै असर नगर्ने पनि बताउनुभयो ।

Comment

Related News

Latest News

Trending News