अपडेट 
२०८१ बैशाख २९, शनिबार ०९:१८

मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी गोविन्द न्यौपानेले ऐन कानुनको अभावमा मन्त्रालयको प्रशासनिक गतिविधि संचालनमा समस्या भइरहेको बताएका छन् ।

जनकपुरधाममा शुक्रबार पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्ले आयोजना गरेको अभिमुखीकरण गोष्ठीमा बोल्दै मन्त्री न्यौपाने ऐन कानुन नहुँदा चाहेर पनि कतिपय काम गर्न नसकेको बताए । मन्त्री न्यौपानेले भने ‘मेरो यस्तो मन्त्रालय जुन ६ वर्षसम्म राम भरोसे नै चल्यो, यो अवधिमा न ठोस कानुन बन्न सक्यो न ऐन नै ।’ यद्यपि अब ऐन कानूनहरु बन्ने प्रकृयामा छन्, आउने दिन काम गर्न सहज हुने उनको कथन छ । उनले जनताले सेवा पाउने गरी ठोस काम गर्नका लागि तीनै तहको सरकार बिच समन्वय गरेर एकीकृत योजना ल्याउनु आवश्यक रहेको समेत बताए ।

मन्त्री न्यौपानेले मानव जीवन स्वस्थ रुपमा बाँच्नका लागि पशु स्वास्थ्यको खयाल गनुपर्नेमा जोड दिए । पशुहरुको स्वास्थ्यका कारण मानव स्वास्थ्य समेत प्रभावित हुँदै आइरहेकाले यस तर्फ ध्यान तीनै तहको सरकारले पुर्याउनु पर्ने उनले बताए । सो गोष्ठीमा पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् का अध्यक्ष देवेन्द्रप्रसाद यादव, उपाध्यक्ष जनकबहादुर रावल लगायतका उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News