अपडेट 
२०८१ बैशाख २९, शनिबार १८:०६

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशमा पार्टीको क्रियाशिल सदस्य हेरेर अतृप्त आत्माहरु पार्टी छाडेर भागेको आरोप लगाएका छन् ।

शनिबार जनकपुरधाममा मधेशी स्वास्थ्यकर्मी फोरम नेपालको चौथो राष्ट्रिय अधिवेशन लाई सम्वोधन गर्दै अध्यक्ष यादवले पार्टी, संगठन बलियो बनाउन नसक्ने तर, बसी बसी सवै थोक खोज्नेहरु बाहिर गएपछि बास्तविक कार्यकर्तामा एउटा नयाँ जोस उमंग छाएको बताए । कुनै पार्टी फोडेर आएकाहरु यहाँबाट पनि गए त्यसकोलागि ठूलो टाउको दुखाइ गर्नुको कुनै तुक नरहेको उनले बताए । उनीहरु पार्टी छाडेको हो कि उनीहरु प्रलोभनमा परेर पार्टीबाट अलग भएको हो त्यो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिन्धुलीमा दिएको अभिव्यक्तिवाट प्रष्ट भएको उनको भनाई थियो ।

कसैले पैसाको त कसैले मन्त्रीको लोभमा परेर पार्टीबाट अलग भएको अध्यक्ष यादवको भनाई थियो । उनले भने–‘घरमा कोही नभएको बेला ताल्चा फुटाएर समान लग्ने चोरनै कहलाउँछ ।’ पार्टी भित्रको विवाद पार्टीको बैठकमा राखेर समाधान गर्न सकिन्थ्यो तर, मधेश प्रदेशमा एक लाख भन्दा बढी क्रियाशिल सदस्य हेरेर उनीहरु आफ्नो स्थान जोगाउन मात्र पार्टी विभाजनको नाटक गरेको उनको भनाइ थियो ।

पार्टी राष्ट्रिय महाधिवेशन निर्धारित समय र स्थानमा हुने बताउँदै उनले केही दिनकालागि हाम्रो संख्या घटेको हो तर, केही दिनमै त्यो भन्दा बढी संख्या हुने उनले दावी गरे ।

Comment


Related News

Latest News

Trending News