अपडेट 
२०८१ बैशाख ३०, आईतवार ०८:२९

पूर्व राज्यमन्त्री काशी देवी झाले शहीदहरुको सपना साकार गर्नका लागि राजनीतिक दलले वास्ता नगर्दा मुलुकमा संकट उत्पन्न हुने गरेको बताएकी छन् ।

जनकपुरधाममा शनिबार शहीद परिवार सम्मान एवं वार्षिक क्यालेन्डर लोकार्पण कार्यक्रममा बोल्दै पूर्व राज्यमन्त्री झाले मुलुकमा राजनीतिक व्यवस्था परिवर्तन भए पनि नेताहरुले शहीदले देखाएको मार्ग अनुसार अघि नबढ्दा समस्या हुने गरेको बताइन् । उनले शहीदले देखाएको बाटोमा नेताहरु हिड्न नचाहने र शहीदलाई समेत सम्मान गर्नबाट चुकिरहेको बताइन् । उनले स्थिर सरकार नहुँदा देश विकास र समृद्धि तर्फ दु्रतगतिमा अघि बढ्न नसकेको बताइन् ।

पूर्व सांसद मिनाक्षी झाले शहीदहरुको सपना साकार गर्न नेताहरुले उपेक्षा गर्नु नकारात्मक प्रवृत्ति भएको बताइन् । उनले शहीदहरुको साकार गर्न भइरहेको उपेक्षा नकारात्मक क्रियाकलापले लोकतन्त्रलाई आघात पु¥याएको बताइन् ।

वरिष्ठ अधिवक्ता श्याम कुमार मिश्रले सत्तामा पुगेपछि नेताहरुले आफूलाई शासकको दम्भ देखाउने गरेको बताउँदै शहीदको सम्मान नगर्ने प्रवृत्ति देखिनु विडम्बना रहेको बताए ।

सो कार्यक्रममा राष्ट्रिय आन्दोलन, मधेश आन्दोलनलगायत विभिन्न आन्दोलनमा शहादत प्राप्त गरेका परिवारलाई पूर्वराज्य मन्त्री झाले दोसल्ला ओढाएर सम्मानसमेत गरेकी थिइन् । शहीद दुर्गानन्द झा अनुसन्धान तथा सेवा केन्द्रका अध्यक्ष शम्भुनाथ झाको अध्यक्षतामा भएको सो कार्यक्रममा शहीदहरु दुर्गानन्द झा, लक्ष्मीनारायण झा, सत्यनारायण पाठक, अरविन्द्र ठाकुर, पद्म लामा, इश्वर लामा, दिलीप यादव, नितु यादवलगायतका परिवारजनलाई सम्मान गरिएको थियो । विभिन्न आन्दोलनमा जेलनेल तथा यातना भोगेका योद्धाहरुलाई समेत सम्मान गरिएको थियो ।

सो कार्यक्रममा बालबोध ठाकुर, प्रकाशचन्द्र साह, धीरेन्द्र झा, नित्यानन्द झा, ललन चौधरीलगायतकाले समेत बोलेका थिए भने पुनम झा, किरण झा, वैद्यनाथ पासवानलगायतकाले मैथिली भाषामा कविता वाचन गरेका थिए ।

Comment


Related News

Latest News

Trending News