अपडेट 
२०८१ बैशाख ३०, आईतवार १७:४३

मधेश प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रबाट  दुई जना मन्त्रीले आज पदबाट राजीनामा दिनुभएको छ ।

मधेश प्रदेश सरकारमा सहभागी उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री यूवराज भट्टराई र वन तथा वातावरण मन्त्री भरत प्रसाद साहले मुख्यमन्त्री सरोज कुमार यादवलाई आज राजीनामा पत्र बुझाउनुभएको हो ।

जनता समाजवादी पार्टी नेतृत्वको सरकारबाट माओवादी केन्द्र बाहिरिएसँगै मधेश प्रदेश सरकार सङ्कटमा परेको छ ।

जनता समाजवादी पार्टी नेपालबाट अशोक राई नेतृत्वमा अर्को दल निर्माण भएसँगै मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिनुभएको छ ।

Comment


Related News

Latest News

Trending News