अपडेट 
२०८१ बैशाख ३१, सोमबार ०७:०७

संघीय सरकारका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् ।

जसपा नेपालका नेताहरुले राजीनामा दिएको बताए पनि स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन । उपप्रधानमन्त्री यादवले विहान प्रधानमन्त्री पुष्पकमल दाहालसित भेटेपछि साँझ राजीनामा दिएको बताइएको छ । उनी सरकारबाट बाहिरिए लगत्तै जसपाका अध्यक्ष रहेका अशोक राईलाई स्वास्थ्य मन्त्रालय सहित उपप्रधानमन्त्री बनाइने बताइएको छ ।

संघीय सरकारमा स्वास्थ्य तथा जनसंख्या र वन तथा वातावरण मन्त्रालय पाएको जसपा नेपालका एकजना मन्त्री जसपामा उपाध्यक्ष बनेका छन् । वन तथा वातावरण मन्त्री रहेका नवलकिशोर साहले पार्टी छाडे पनि मन्त्री रही रहेका छन् । सो मन्त्रालयमा राज्यमन्त्री रहेका दीपककुमार कार्की भने जसपा नेपालमा नै छन् ।

Comment


Related News

Latest News

Trending News