अपडेट 
२०८१ बैशाख ३१, सोमबार १५:४१

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाएका छन् ।

६२ जना प्रदेशसभा सदस्य उपस्थित बैठकबाट उनले ५७ मत पाएका छन् भने ५ जना तटस्थ बसे ।

संविधानको धारा १६८ (५) अन्तरगत वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्रीलाई एमालेका उप सभामुख सहित ४० माओवादीका १३ एकीकृत समाजवादीका ३ र जसपा नेपालका १ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिए ।

उनले यसअघि प्रदेश सभाको आजको बैठकमा संविधानको धारा १६८ (४) बमोजिम विश्वासको मतको प्रस्ताव पेस गरेका थिए ।

 

Comment


Related News

Latest News

Trending News