अपडेट 
२०८१ जेष्ठ १, मंगलवार ०७:०५

जनकपुरधाममा बैंक तथा वित्तिय संस्थाविरुद्धको आन्दोलनलाई राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानले अघि बढाएको छ ।

जनकपुरधाममा सोमबार अभियानले एभरेष्ट बैंकमा तालाबन्दी गरेको छ । भने ज्योती विकास बैंकमा तालाबन्दी गर्न खोज्दा प्रहरीले रोकेको छ । ज्योती विकास बैंकमा तालाबन्दी गर्नेक्रममा आन्दोलनकारी तथा प्रहरी बीच केही बेर घम्साघम्सी पनि भएको छ ।

बर्दियामा बैंकबाट लिएको ऋणको चर्को ब्याज खेप्न नसकेर एक जनाले आत्महत्या गरेपछि अभियानले देशव्यापी रुपमा बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलन गर्दै आइरहेको छ । बर्दियाका खुशीराम चौधरीले एभरेष्ट बैंक तथा ज्योती विकास बैंकबाट ब्याज लिएका थिए । सोही बैंकहरुको ब्याजको पीडा खेप्न नसकेर आत्महत्या गरेपछि अभियानको नाममा आन्दोलन हुँदै आएको छ ।

सो अभियानको जनकपुरधाम अञ्चलका संयोजक सुरेन्द्रमणि शर्माको अगुवाईमा बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिएर चर्को ब्याजको पीडा खेपीरहेका पीडितहरुले जनकपुरधामस्थित ज्योती विकास बैंक र एभरेष्ट बैंकको कार्यालयमा पुगेर मृतक चौधरीको तस्वीर टास्नुका साथै बिरोध प्रदर्शन गरेका थिए ।

Comment


Related News

Latest News

Trending News