अपडेट 
२०८१ जेष्ठ १, मंगलवार ०७:१४

दुई दिनसम्म चलेको मधेशी स्वास्थ्यकर्मी फोरम नेपालको चौँथो राष्ट्रिय महाधिवेशनबाट कृष्णलाल यादवको अध्यक्षतामा ३७ सदस्यीय समिति चयन गरिएको छ ।

जनकपुरधाममा सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै चयन भएका नयाँ कार्य समितिको सर्वसम्मतिले चयन भएको जानकारी गराइएको थियो ।

सो कार्य समितिको वरिष्ठ उपाध्यक्षमा सचिदानन्द प्रसाद जयसवाल, उपाध्यक्षहरुमा शिवशंकर प्रसाद यादव, राम छविला यादव, रामबहादुर यादव, दिनबन्धु यादव, वीरेन्द्र राय, देवरिता चौधरी, विजयकुमार यादव, हेमचन्द्र यादव, राजेश प्रसाद रौनियारलाई चयन गरिएको छ । महासचिवमा लक्ष्मण साह, सचिवहरुमा उमरावती सहनी, राजेश प्रसाद यादव, सुरेश साह, अञ्जु यादव, ताराचन्द्र प्रसाद यादव, कोषाध्यक्षमा लक्ष्मण यादव, सह–कोषाध्यक्षद्वयमा चुसन सुनरैत र जयकिशोर साहलाई चयन गरिएको अध्यक्ष कृष्णलाल यादवले बताए ।

त्यस्तै केन्द्रीय सदस्यहरुमा देव चौधरी, मोहनकुमार रौनियार, वीरेन्द्र कुमार चौधरी, गंगा प्रसाद विरला, मनोजकुमार यादव, बडेलाल प्रसाद साह, सुनिल राय यादव, पवित्र नारायण यादव, विन्दु देवी साह, कल्पना कुमारी चौधरी, रमा शंकर यादव, शैलेन्द्र यादव, रमानान्दन प्रसाद गुप्ता, मन्दाकनि यादव, श्रीनारायण चौधरी, सरिता यादव र रुपसागर मिश्रा रहेका छन् ।

Comment


Related News

Latest News

Trending News