अपडेट 
२०८१ जेष्ठ १, मंगलवार ०७:१६

धनुषा जिल्लामा विगत एक महिनामा ९९ वटा घरेलु हिंसाविरुद्ध उजुरी दर्ता भएको छ ।

जिल्ला प्रहरी कार्यलय धनुषाका प्रहरी उपरीक्षक एवम् प्रहरी प्रमुख भुवनेश्वर तिवारीले आफ्नो एक महिनामा गरेको कार्यहरुको प्रगति विवरण सार्वजनिक गर्दै घरेलु हिंसाको तथ्याङ्क पनि सार्वजनिक गरेका छन् । ९९ वटा परेका उजुरीमध्ये ५७ वटा मिलापत्र भएको छ भने ४२ वटा अनुसन्धान प्रक्रियामा छ ।

घरेलु हिंसा नियन्त्रणका लागि धनुषा जिल्लामा नयाँ रुपले कार्यहरु अगाडि बढिसकेको प्रहरी उपरीक्षक एवम् प्रहरी प्रमुख तिवारीले बताए । उनका अनुसार न्यूनीकरणका लागि महिला प्रहरी बोलाएर गुनासो सुन्ने कार्य सम्पन्न गरी एक पराव पार गरिसकेको बताए । साथै अब महिला अधिकारवादी सरकारी तथा गैर सरकारी संस्थाहरुसँग सहकार्य गरी कार्य गर्ने पनि बताए । उनले भने, “सेवामा पहुँच बढाउन तथा हिंसा न्यूनीकरण गर्न चेतना जगाउने उद्देश्यले महिला जनप्रतिनिधिसँग सहयोग लिने र सतहमा काम गर्ने व्यक्ति वा संस्थाहरुसँग वास्तविक समस्या पहिचान गर्ने जसले सम्स्या पहिचान हुन्छ र समाधान गर्न सहज हुन्छ ।

प्रहरी साथमा रहेको अनुभूति गराउन चाहन्छौं, यसले हिंसा पीडितहरुका लागि सहयोग हुन्छ ।“ महिला बालबालिका, अल्पसंख्यकलगायत फरक क्षमता भएका व्यक्तिहरुलाई जबसम्म विकास हुँदैन तबसम्म देश विकास हुन सक्दैन प्रहरी उपरीक्षक तिवारीको धारणा छ । बाल विवाह, दाइजो, कुटपिट जस्ता घटना बढी आइरहेको देखिन्छ ।

सम्पूर्ण जनसमुदायको हकहित, जीवनका सुरक्षाका लागि योजनाबद्ध हिसाबले कार्य गर्दै आइरहेको हुन्छ नै प्रहरी उपरीक्षक तिवारीले बताए । मधेशी समाजमा पितृसत्तात्मक सोचका कारण लैंङ्गिक असामानता र महिलाविरुद्ध हुने हिंसा घरेलु हिंसा भएको देखिन्छ । घरेलु हिंसा भनेको कुनै व्यक्तिले घरेलु सम्बन्ध भएको अर्को कुनै व्यक्तिलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना छ । घरेलु हिंसाभित्र गाली गर्ने तथा भावनात्मक चोट अन्य कुनै समस्या पर्दछ । यस्तो भएमा ९० दिनभित्र उजुरी गरिसक्नुपर्छ महिला अधिकारकर्मी एवम् अधिवक्ता रेखा झाले टिप्पणी गरिन् ।

Comment


Related News

Latest News

Trending News