अपडेट 
२०८१ जेष्ठ १, मंगलवार १८:४०

कांग्रेस सांसदहरुको विरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगीत भएको छ ।

मंगलबार साँझ बसेको बैठक सुरु हुने बितिकै कांग्रेस सांसदहरुले वेल घेराउ गरेका थिए । उनीहरुले सहकारी पिडितलाई न्याय दे, छानविन समिति गठन गर लगाएतका नारा लगाउदै वेल घेराउ गरेका हुन् । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिलाई धन्यवाद दिने लगाएत संसद्का विभिन्न कार्यसूची रहेको भन्दै कांग्रेस सांसदहरुलाई आफ्नो स्थानमा बस्न आग्रह गर्नुभएको थियो । साथै उहाले गृहमन्त्रीले बोल्न समय माग गरेकाले बोल्ने वातावरण बनाउन पनि आग्रह गर्नुभएको थियो । तर कांग्रेस सांसदहरुले नारावाजीलाई निरन्तरता दिएपछि बैठक जेठ ३ गतेसम्मका लागि स्थगीत गरिएको छ ।

Comment


Related News

Latest News

Trending News