अपडेट 
२०८१ जेष्ठ २, बुधबार ११:५५

सुनको भाउ आज एकै दिन तोलामा एक हजार रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलाकाे एक लाख ३८ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ३७ हजार चार सय रुपैयाँ रहेको थियो ।

पछिल्ला केही दिनयता सुनको भाउमा उतारचढाव भइरहेको छ । हिजो सुनको भाउ सात सय रुपैयाँले घटेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलाको पाँच रुपैयाँले बढेको छ । चाँदी आज तोलामा एक हजार सात सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News