अपडेट 
२०८१ जेष्ठ २, बुधबार १३:३८

सर्लाहीमा पार्किङ गरेर राखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ।

गएराति चन्द्रनगर गाउँपालिका-२ मा सडक छेउमा पार्किङ गरेर राखेको ज १ त ५१९० नम्बरको ट्याक्टरमा तीव्र गतिमा रहेको प्रदेश-२-०३-०२१ प ११६८ नम्बरको मोटरसाइकललाई ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

बयलवास-बबरगञ्ज सडकखण्डमा पर्ने चन्द्रनगर गाउँपालिका-२ पर्ती बजार नजिक रोकिराखेको ट्र्याक्टरमा तीव्र गतिमा रहेको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा सर्लाहीकै ईश्वरपुर नगरपालिका–१० बेला घर भएका २९ वर्षीय सञ्जितकुमार साहको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनको घटनास्थलमै मृत्यु भएको हो। उनी कतारमा रोजगारी गरेर केही दिनअघि मात्रै छुट्टीमा घर आएका ईश्वरपुर १० का वडाध्यक्ष राचनारायण चौधरीले जानकारी दिए।

Comment


Related News

Latest News

Trending News