अपडेट 
२०८१ जेष्ठ ३, बिहीबार ०६:५९

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन आयोजना हुने जानकी नवमी धुमधाम साथ मनाइने भएको छ ।

जानकी जन्मोत्सवको दिनलाई स्मरण गर्दै वैशाख शुक्ल नवमीको अवसरमा धुमधामका साथ मनाइने तयारी जानकी मन्दिरले गरेको छ । जनकपुरधाममा बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले वैशाख नवमीका दिन जेठ ४ गते जानकी प्राकट्य जन्मोत्सवलाई हार्षोउल्लासका साथ मनाउनका लागि आग्रह समेत गरे । उत्तराधिकारी महन्त दासले सम्पूर्ण सनातनीहरूमा जेठ ४ गते जानकी नवमी मनाइने भएकोले सबैलाई सहभागी भई हर्षोल्लासका मनाउन आग्रह गरे ।

महन्त दासले, ‘नवरात्रीको सातौँ दिनसम्म पनि विभिन्न कार्यक्रमहरूको आयोजना हुँदै आएको छ, नवौँ दिन अर्थात् जानकी नवमीका दिन विभिन्न धार्मिक अनुष्ठानका साथ जानकी प्राकट्य जन्मोत्सव धूमधामका साथ मनाइने भएकोले सबैलाई दर्शनका लागि आग्रह समेत गर्दछु ।’ सो अवसरमा जेठ ४ गते नौ दिनमा विहान पाँच बजे दुधमतीमा शाही स्नान गरिने छ भने सोही दिनको १२ बजे आरती महोत्सव तथा जानकीजीको डोलासहित जनकपुरधाम नगर परिक्रमा र सन्ध्या आरतीसहितका कार्यक्रम हुने हुँदा महन्त दासले सो कार्यक्रममा सम्पूर्ण भक्तजनहरूलाई सहभागी हुन आग्रह समेत गरे । सो अवसरमा मन्दिर प्राङ्गणमा रामलीला र मानस विभूषित नरहरि दासद्वारा राम कथा प्रवचन र प्रत्येक दिन बधाई तथा मंगल गान पनि हुँदै आएको छ ।

त्यस्तै जनकपुरधामस्थित इस्कोनले पनि भव्यतासाथ राम जानकी महामहोत्सव मनाउने जनाएको छ । जानकी नवमीको अवसरमा इस्कोनले बिहीबारदेखि तीन दिवसीयसम्म राम जानकी महामहोत्सव मनाउने जनाएको छ । कलश यात्रादेखि सांस्कृतिक कार्यक्रमसम्म गरेर जानकी नवमी मनाउन लागेको इस्कोनका सचिव रामेश्वरम दासले जनाए ।

Comment


Related News

Latest News

Trending News